एलकेको प्रेमगीतमा पुष्प र उषाको प्रेमिल अभिनय

तुलसी गिरी ‘भावुक’

HighlightsNepal युट्युब च्यानलबाट प्रेम-समर्पण भावको गीत मेरो माया लाग्छ र ? को भिडियो सार्वजनिक भएको छ l एलके गुरुङको शब्दरचना र राजकुमार बगरको सङ्गीत रहेको यस गीतमा प्रमोद खरेल र विन्दु परियारले स्वर दिएका छन् l गीतमा कमल सौरागको सङ्गीत संयोजन र सङ्गीतकार राजकुमार बगरकै मिक्सिङ / माष्टरिङ रहेको छ l

आजै रिलिज भएको यो भिडियो मदन खड्काको निर्देशनमा तयार भएको हो l जसमा पुष्प खड्का र उषा उप्रेतीको प्रेमिल अभिनय रहेको छ भने भिडियो वायोरेन्द्र भट्टले छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् l यो म्युजिक भिडियोकी निर्मात्री उषा गुरुङ हुन् l