राजन र शान्तिश्रीको स्वरमा दशैंगीत ‘झल्को गामको’

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसर पारेर दशैं विशेष गीत झल्को गामको सार्वजनिक गरिएको छ । यस गीतमा राजन कार्की र शान्तिश्री परियारले स्वर दिएका छन् भने सरिता मरासिनीको शब्द र सागर लामाको सङ्गीत रहेको छ ।

प्रकाश भट्टको निर्देशन रहेको यस गीतको भिडियोमा दुर्गा पौडेलको छायाङ्कन र विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट, सुमन परियार, चिजा तामाङ र  पूजा भट्टले अभिनय गरेका छन् ।