परदेशीको कथा – व्यथा म्युजिक भिडियोमा

पूर्णकला बीसी र सुरज थापाको आवाजमा रहेको लोकदोहोरी पैसाको अभाव को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा पैसाको अभाव भएपछि साहुसँग ऋण लिएर धन कमाउने सपना बोकी विदेश गएका लाखौँ नेपाली युवाको जीवन भोगाईलाई यथार्थ रुपमा समेट्ने प्रयास गरिएको छ ।

सञ्चारकर्मी रोशन पोखरेल र इन्द्र दाहाल ‘शिशिर’को शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना रहेको यस गीतमा कृष्ण केसीले म्युजिक एरेन्ज गरेका छन् । रविन शाहको निर्देशन, सुशील डाँगी र राहुल राईको छायाङ्कन र अविनास डिसीको सम्पादनमा निर्माण भएको यस म्युजिक भिडियोमा सारिका केसी, जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भूमिकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।