सुगम र प्रारम्भको स्वरमा सन्देशमूलक भिडियो ‘धन्यवाद’

लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा रहेको धन्यवाद बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उदियमान बाल गायक प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको यो गीतको भिडियो प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट गत बिहीबार सार्वजनिक भएको हो l  

भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । गीतले कोरोना सङ्कटको यो घडीमा हरेस नखाई लड्नुपर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनी खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सहरूलाई यस गीत मार्फत धन्यवाद दिइएको छ । भिडियो एलिन श्रेष्ठले निर्देशन गरेका हुन् । उत्तम हुमागाईं र असु बस्नेतको सिनेम्याटोग्राफी रहेको यस भिडियोमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।