माया एउटासँग बिहे अर्कैसँग

हरि ढकाल


अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको जाने बेला बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई उतारिएको यस गीतमा भीम श्रेष्ठ र मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टको शब्द र राजन तिमिल्सिनाको सङ्गीत रहेको यस गीतमा शैलेन्द्र प्रधान बाबुको म्युजिक एरेन्ज रहेको छ ।

फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशन रहेको यस गीतले प्रेममा चोट पाउनेहरुको वेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले एक हुन नसकेका एक जोडीको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ ।