प्रमिला खत्रीको तीजगीत ‘माईतीघर के छ र मेरो…’

-तुलसी गिरी ‘भावुक’


तीज बिशेष गीत माईतीघर के छ र मेरो… को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश शाहीले सङ्गीत संयोजन गरेका छन् भने प्रमिला खत्रीको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियो दीपक पन्तको निर्देशन, रामसिंह भाटको छायाङ्कन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा निर्माण भएको हो । वियोगान्त भावको यस गीतमा एक बिबाहित चेलीका गुनाशा र बिरह पोखिएका छन् l

वर्ल्ड कभर मिडिया को पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कँडेल, मायादेवी खत्री, सुष्मा अधिकारी, अनु पहरी आदि कलाकारको अभिनय रहेको छ ।