जापानमै बसेर नेपाली सङ्गीतको प्रबर्धनमा निर्देशक दिलिप

तुलसी गिरी ‘भावुक’


लामो समयदेखि जापानलाई कर्मथलो बनाईरहेका दिलिप श्रेष्ठको निर्देशनमा शिव भजन भोले शंकर को भिडियो सार्वजनिक भएको छ l शिला पन्तको शब्दरचना तथा आनन्द कार्कीको स्वरमा रहेको यो गीत मनकामना म्युजिकबाट प्रकाशित एल्बम भजनशिला भाग -९ बाट लिईएको कुरा भिडियोका निर्देशक दिलिपले जानकारी गराएका छन् l गीतमा सुशील विश्वकर्माको सङ्गीत रहेको छ भने विनोद श्रेष्ठको छयाङ्कन तथा सम्पादनमा भिडियो तयार भएको हो l भिडियो Dilip Shrestha नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

‘म व्यावसायिक भिडियो निर्देशक त हैन l तर जहाँ रहेपनि सङ्गीत प्रतिको मोहले तानिरहन्छ र फुर्सदलाई सदुपयोग गर्दै बेला बेलामा भिडियो निर्देशन गर्दै आएको छु’ दिलिप भन्छन् l नेपालमा रहँदा उनी भिडियो, टेलि चलचित्र र टेलिभिजन कार्यक्रम निर्देशनमा सक्रिय रहँदै आएका थिए l