‘ज्यानराजा’ मा सागर र कविताको रोमान्स

-तुलसी गिरी ‘भावुक’


डी. पी. खनालको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत तथा समीर मोक्तान र मनीषा पोखरेलको स्वर रहेको गीत ज्यानराजा को भिडियो सार्वजनिक भएको छ l भिडियो केहीदिन अघिमात्र DushMusic Nepal नामक युट्युब च्यानलबाट बजारमा आएको हो l

रोमान्टिक भावको यो गीतमा प्रेमी प्रेमिकालाई एक अर्काको प्रेममा चुर्लुम्म डुबेको देखाईएको छ भने उनीहरु दुबैमा दुईमुटु एक धड्कन हुने आतुरता उत्तिक्कै छ l शब्दका भाव अनुसारको सङ्गीत र स्वरले सजिएको यस गीतको भिडियो पनि मस्ती र मनोरन्जनले भरिपूर्ण छ l शान थापाको निर्देशन, राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन, Intense Yield को सम्पादन र सुप्रिम पराजुलीको कलर करेक्शन रहेको यो भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपालीको बुलन्द नृत्य / अभिनय रहेको छ l