भ्रष्टा*चार र वि*कृतिमाथि चो*टिलो प्रहा*र, बीबी अनुरागी पहिलोपटक र्यापर

तुलसी गिरी ‘भावुक’


सुप्रसिद्ध सङ्गीत साधक बी. बी. अनुरागी आफ्नो सङ्गीत यात्राको इतिहासमै भिन्न प्रकृतिको प्रस्तुति लिएर दर्शक – श्रोतामाझ आएका छन् l सर्जक / कलाकार अनुरागी आफ्नै शब्द, सङ्गीत र स्वरमा नेता र जनताको चरित्र एवं मुलुकको अवस्थाबारे छर्लङ्ग पारिएको गीत ‘शासन र अनुशासन’ को भिडियो लिएर आएका हुन् l सचेतना, व्यंग्य, आ*क्रो*श, पी*डा र सन्देशमूलक भाव रहेको यस गीतमा मुलुकमा अहिले के भईरहेको छ भन्ने समग्र चित्रण सुन्न सकिन्छ l गीतमा नेता, कार्यकर्ता, व्यापारी-व्यावसायीदेखि सामान्य जनतासम्मका नियत र नियति, बोली र व्यवहारका भिन्नता, चरित्र र मानसिकता अनि युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालमा बकबक  मात्र गरिरहने स्वघोषित बौद्धिकवर्ग प्रति चोटिलो र मननीय प्रहार गरिएको छ l धुन शृङ्खला -३ अन्तर्गत सर्जक अनुरागीको आफ्नै युट्युब च्यानल BB Anuragee बाट सार्वजनिक भएको यस गीतलाई मुलुकको वर्तमान अवस्थाको थेसिस नै भनेपनि हुन्छ l

‘सरकारको राम्रो शासन जनताको अनुशासन, चाहिएको यत्ति हो हाम्रो नेपालमा’ स्थाई भएको यस गीतमा अन्य पङ्क्ति भने र्यापमा गाईएको छ l गीतका सर्जक एवं गायक अनुरागीले र्याप पनि आफैं गाएका छन् र भिडियोमा र्यापरको रुपमा समेत आफैंले अभिनय गरेका छन् l भिडियोमा प्राविधिक श्यामश्वेत रसाइलीलाई पनि देख्न सकिन्छ l अनुरागी स्वयमको म्युजिक एरेन्ज समेत रहेको यस गीतको मिक्सिङ / माष्टरिङ श्यामश्वेत रसाइली गरेका हुन् भने भिडियोका छयाकार निशान्त विश्वकर्मा हुन् l भिडियो सम्पादन बी. बी. आफैंले गरेका छन् l यस गीतका सन्दर्भमा बी. बी. भन्छन् –’मनका शव्दहरुलाई गीतको रुपमा कोर्दै जाँदा औसत गीतभन्दा केही लामो नै हुन पुगेछ । यसलाई सङ्गीतमा ढाल्दा सबै शव्दहरुलाई थोरै समयमा अटाउने उपायका लागि धेरै समय सोचें र अन्त्यमा विकल्प निस्क्यो र्याप हान्ने । सङ्गीत क्षेत्रमा यत्तिका बर्ष पार गरेर पनि र्याप नै चाहिं आफैंले गाएको यो मेरो पहिलो हो । यस गीतमा म नित्तान्त एउटा स्वतन्त्र र सचेत नागरिकको हैसियतले देश तथा समाजमा आफूले प्रत्यक्ष देखेका, सुनेका र भोगेका यथार्थ कुराहरु निष्पक्ष रुपमा राखेको छु । बिभिन्न शैलीका कामहरु गर्ने क्रममा मेरा लागि यो गीत एउटा विल्कुल पृथक अनुभवको रुपमा रहेको छ l’
Video Link