रमेश बी. जी. को ‘फूल धयँरी’

प्रसिद्ध गीतकार रमेश बी. जी. को शब्दरचना तथा माधव भण्डारीको सङ्गीत एवं सङ्गीत संयोजन रहेको लोकदोहोरी ‘फूल धयँरी’ को भिडियो सार्वजनिक भएको छ l गीतमा मनीष घतानी र शान्तिश्री परियारले स्वर दिएका छन् l भिडियो Minesh Singer Media नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l

शिव वि. क. को निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी रहेको यस भिडियोका छायाकार अजय रेग्मी हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन् l भिडियोमा लोमश, अर्जुन, अस्मिता, समीक्षा, भीम र सन्तोषले नृत्य अभिनय गरेका छन्