ज्योतिप्रकाशको ‘आकाशकी चरी’ २४ घण्टामा ३० हजार माथि भ्युज

लोकप्रिय सङ्गीतकार ज्योतिप्रकाशद्वारा सङ्गीतवद्ध नयाँ गीत ‘आकाशकी चरी’ को भिडियो युट्युबबाट सार्वजनिक भएको छ l गत शुक्रबार ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानलबाट रिलिज भएको सो भिडियोले अपलोड भएको २४ घण्टाभित्रै ३० हजार माथि भ्युज पाईसकेको छ l चिरञ्जीवी भट्टको शब्दरचनामा रहेको यो गीतमा रामकृष्ण ढकालको स्वर रहेको छ भने मनोहर सुनामले सङ्गीत संयोजन गरेका छन् l

रङ्ग पत्रकार एवं गीतकार समेत रहेका सुमन बैरागीको निर्देशनमा निर्मित यस भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुशी कट्टेलको अभिनय देख्न सकिन्छ l  जसमा गोविन्द अञ्जानको छयाङ्कन र गरब योञ्जा ‘दिलिप’ को सम्पादन रहेको छ l भिडियोमा एउटा सानो र सुखी परिवारमा अचानक भएको पीडादायी घटना र त्यसलाई सामना गर्दै अगाडि बढेको स्थिति देखाईएको छ भने अन्त्य सुखान्त छ l