रोमान्टिक भिडियो ‘लुकी लुकी’ को १५ दिनमै १३ लाख बढी भ्युज

गीतकार तारा अधिकारीको अर्को गीत ‘लुकी लुकी’ को भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको आवाजमा रहेको यस गीतमा रमेश कडरियाको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको  छ ।

भिडियोमा नाजिर हुसेन र एलिशा राईको अभिनय सहितको नृत्य रहेको छ । राजिव समरको कोरियोग्राफी रहेको यो गीतको भिडियो अर्जुन तिवारीको छयाङ्कन र शिलन लम्सालको सम्पादनमा निर्माण भएको हो  ।

टौवा क्रिएशनले निर्माण गरेको यस भिडियोलाई ‘सुनौलो तारा’ नामक  युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । १५ दिन अघि मात्र अर्थात् जनवरी १ मा अपलोड भएको यो भिडियो छोटो समयमै १३ लाखपटक भन्दा बढी हेरिएको छ l प्रेम आकर्षण भावमा रहेको यस गीतमा कसैलाई दिलबाटै मन परेपछि मनमा उत्पन्न हुने हलचल र बेलगाम उर्लिएका चाहनाहरुको रोमाञ्चक बयान गरिएको छ । छोटो समयको आकर्षक भ्युजलाई मूल्याङ्कन गर्दा गीतले लोभलाग्दो लोकप्रियता हासिल गर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।