राष्ट्रिय भावको गीत ‘मेरो देश’ को भिडियो सार्वजनिक

‘सानो सानो यो मेरो देश नेपाल
पुर्खाको रगतले लेखिएको हाम्रो देश’

राष्ट्रिय भावको गीत ‘मेरो देश’ को भिडियो सार्वजनिक भएको छ l World Cover Media नामक युट्युब च्यानलबाट यही मङ्सिर २७ गते भिडियो सार्वजनिक भएको हो l दिपेश सुब्बाको शब्द तथा सङ्गीत, बिसन मानन्धरको सङ्गीत संयोजन तथा शान्ति गुरुङको स्वरमा रेकर्ड भएको यो गीतको भिडियो दिपेश सुब्बाकै निर्देशनमा छायाङ्कन भएको हो l

राम सिंह भाटको छायाङ्कन तथा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको यस भिडियोमा सुवासना सुवेदी लगायत प्रेलिना कला केन्द्रका कलाकारहरुको अभिनय रहेको छ l भिडियो World Cover Media को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l