तेस्रो ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड’ को आवेदन फारम खुल्यो

पावर ईन्टरनेशनल मिडिया नेपाल ( पिम नेपाल ) को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड’ को तेश्रो संस्करण २०२० को लागि आवेदन फारम खुल्ला गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ । फारम यही मङ्सिर १ गतेबाट खुला भएको हो ।

नेपाली भाषा सहित नेपालमा बोलिने बिभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने यस अवार्ड समारोहलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेको पाइन्छ । नेपाली भाषा अन्तर्गत राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको बिभिन्न विधामा प्रतिस्पर्धा हुने छ भने भाषाभाषीतर्फ काँठे गीत, डेउडा गीत, नेपालभाषा, तामाङ, राई, लिम्बू, मैथिली, भोजपुरी, मगर, शेर्पा, चौधरी, राजवंशी, गुरुङ लगायत बिभिन्न भाषाका गीत सङ्गीतहरुमा प्रतिस्पर्धा हुने कुरा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताए ।

नेपाली भाषा अन्तर्गत अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखि डिसेम्वर ३०, २०१९ (१ बर्ष) सम्ममा प्रकाशन भएका र भाषाभाषी अन्तर्गत जनवरी १, २०१८ देखि डिसेम्वर ३०, २०१९ सम्म ( २ बर्ष भित्रमा ) बजारमा आएका गीत सङ्गीतले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने कुरा आयोजकले बताएका छन् ।