‘पैसाकै लागि बाँच्छ मान्छे’ अब भिडियोमा

‘पैसाकै लागि बाँच्छ मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको सङ्गीत छ । यो गीतकार बस्नेतको चौंथो एल्बम ‘कयामुदा’ मा समावेश रहेको गीत हो । निरु खड्काको निर्देशन रहेको यस भिडियोमा माग्ने बूढा अर्थात् केदार घिमिरेकी श्रीमती सीतादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश र स्तुति गौतमको अभिनय रहेको छ भने भिडियो सागर गौतमले छायाङ्कन र प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतमा पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव रहेको छ । प्रज्ञा साउण्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको सङ्गीत संयोजन दिनेश सुनामले गरेका हुन् ।
भिडियोमा पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामाथि नै खेलवाड गरिएको दृश्य देखाइएको छ । गीतकार बस्नेतले हालसम्म एकल शब्दरचनामा प्रजुशा, प्रभाव, रासुम र कयामुदा गरी ४ वटा  एल्बम  बजारमा ल्याइसकेका छन् । मजाकीया स्वभावका गीतकार बस्नेत एक जानेमाने रेडियोकर्मी समेत हुन् । ‘पैसा कसले बनायो’ गजलबाट पहिलोपटक चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत हो ।

Video Link