श्रापित, अनुरागी र तुलसी क्षेत्रीको देउसी गीत सार्वजनिक

गीतकार सुमन श्रापितको शब्दरचना, बी. बी. अनुरागीको सङ्गीत तथा बी. बी. अनुरागी र तुलसी क्षेत्रीको स्वरमा रहेको देउसी गीत ‘तिहारको रमझम’ को भिडियो सार्वजनिक भएको छ l गीतका सङ्गीतकार समेत रहेका बी. बी. अनुरागीको निर्देशनमा छायाङ्कन भएको यस भिडियोको कोरियोग्राफी होम गुरुङले गरेका हुन् भने भिडियोमा सङ्गीता, सुमिन, नितु लगायतका कलाकारहरुलाई देख्न सकिन्छ l जीसी इन्टरटेनमेन्टको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो GC Entertainment Nepal नामक युट्युब च्यानलबाटै भरखरै सार्वजनिक भएको छ l पोखरामा शुटिङ भएको यो भिडियो गणेश सापकोटाले छायाङ्कन गरेका हुन् भने सम्पादन सुवास अम्गाईको रहेको छ l
गीतमा लोकप्रिय पोखरेली सर्जक सुमन श्रापितले परम्परालाई कायम राख्दै आधुनिकतासँगै बदलिँदो देउसी शैलीको वर्णन गरेका छन् l मौलिक र फरक चिन्तन महसुस गर्न सकिने यस गीतमा उनले बाउबाजेको पाला र अहिले छोरानातिको पालामा आएका भिन्नताहरुको विविध कोणबाट चर्चा गरेका छन् l आकर्षक नृत्य सहित आएको यस देउसी गीतको भिडियोमा गीतकार श्रापित, गायक तथा सङ्गीतकार बी. बी. अनुरागी, गायिका तुलसी लगायत पोखराबासी अन्य व्यक्तिहरुलाई समेत देख्न सकिन्छ l

Video Link