उमा सानको ‘सुनैको बाला’ को छायाङ्कन सम्पन्न, छिट्टै युट्युबमा आउने l

नव गायिका उमा सानको शब्द तथा स्वरमा रहेको गीत ‘सुनैको बाला’  को भिडियो छयाङ्कन भएको छ l लोकलयमा आधारित यो गीत तीज फ्लेवरमा रहेको कुरा गीतका सङ्गीत संयोजक तथा सङ्गीतकार छेवाङ तेन्जिङ् लामाले जानकारी गराएका छन् l छेवाङका अनुसार यो गायिका उमाको ‘डेब्यु’ गीत हो l ‘सानैदेखि गायिका बन्ने ठूलो ईच्छा भएपनि बिभिन्न कारणले त्यो रहर पूरा हुन सकेको थिएन l ‘सुनैको बाला’ बाट यात्रा सुरु गरेकी छु l अब भविष्यमा पनि गायनलाई निरन्तरता दिन्छु’ सीतापाईला निवासी गीतकार तथा गायिका उमा भन्छिन् l

प्रस्तुत गीतको भिडियो विजय रुम्बा लामाको कोरियोग्राफी तथा निर्देशनमा छयाङ्कन भएको हो l निर्देशक लामाका अनुसार भिडियो दुर्गा पौडेलले छायाङ्कन गरेका हुन् भने विशाल लामा र सस्मिता गिरीको मोडलिङ रहेको छ l भिडियो छिट्टै ‘स्वर साधना सङ्गीत पाठशाला’ नामक युट्युब च्यानलबाट सार्वजनिक हुने छ l