आर.पी. र प्रविशाको आवाजमा प्रेमगीत ‘जब देखें तिमीलाई’

आर.पी. कर्माचार्य र प्रविशा अधिकारीको सुमधुर आवाजमा रहेको युगल गीत ‘जब देखें तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा हालका लोकप्रिय नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नव मोडेल उषा उप्रेतीको अभिनय रहेको छ । उषाले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा ‘डेब्यु’ गरेकी हुन् । तथापि उनलाई भिडियोमा अनुभवी कलाकार झैं देखिएको छ l भिडियो हेरिसकेपछि जीवन्त अभिनय र सुन्दरताको कारण म्युजिक भिडियोको क्षेत्रमा स्थापित हुन उनलाई लामो समय नलाग्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

डि.पी. खनालको शब्द, शंकर थापा ‘स्माईल’ को सङ्गीत र सुमन केसीको सङ्गीत संयोजन रहेको छ यो गीतको भिडियो रोहित बस्नेतको कोरियोग्राफीमा छायाङ्कन भएको हो । जसमा राजु विक्रम थापाको छाङ्याकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । निरु कर्माचार्यको लगानी रहेको यो म्युजिक भिडियो ‘डश म्युजिक नेपाल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक  भएको छ भने अपलोड भएको १ दिनमै भिडियोले १२ हजार भ्युज पाईसकेको छ ।

Video Link