गायिका शिवाको पहिलो गीत ‘ढल्की ढल्की’ युट्युबमा l

   – तुलसी गिरी ‘भावुक’ 

उदियमान गायिका शिवा गिरी र प्रसिद्ध गायक रामजी खाँडको युगल स्वरमा तीजदोहोरी ‘ढल्की ढल्की’ बजारमा आएको छ l OSR Digital नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले छोटो समयमा भ्युज पनि राम्रै पाईरहेको छ l रिजन थापाको शब्दरचना, केशवराज भट्टको सङ्गीत र जीवन बाबुको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो गीतका सङ्गीतकार केशवराजकै कोरियोग्राफी तथा निर्देशनमा छयाङ्कन भएको हो l जसमा कमल सिंह र अंशु वलीको नृत्य रहेको छ l भिडियो वासु बरालले खिचेका हुन् l
गायिका शिवाका अनुसार यो उनको जीवनकै पहिलो रेकर्डेड गीत हो l तथापि उनको गायकीमा भने सो कुरा झल्कँदैन l यो गीतमा उनले एउटी परिपक्क र व्यावसायिक गायिकाको रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् l गृह जिल्ला कपिलवस्तुमा रहँदा बुटवलका साधकहरु सुरेश सेन्चुरी र सरिता पन्थीसँग र काठमाण्डौ आएपछि अमृत क्षेत्री र कृष्णराम खत्रीसँग शाश्त्रीय सङ्गीत सिकेकी शिवा भन्छिन् -‘मेरो लक्ष्य आधुनिक गीत भएपनि औपचारिक गायन यात्रा लोकदोहोरीबाट सुरु भयो l भविष्यमा लोकदोहोरी र आधुनिक दुबै विधालाई सँगसँगै अगाडि बढाउने प्रयास गर्ने छु l’

भिडियो लिङ्क