प्रतिभाशाली बिम्बुलाई मगर सङ्घले आर्थिक सहयोग गर्ने

मोरङ जिल्लाको मिक्लाजुङ गाबिस, बार्ड न ६ की बिम्बु मगरको साङ्गीतिक तथा शैक्षिक स्तरोन्नतिका लागि नेपाल मगर सङ्घले आर्थिक सहयोग गर्ने भएको छ l सानैदेखि गायनमा अभिरुची भएपनि ७ वर्षको कलिलो उमेरमै बाबुआमा बेपत्ता भएपछि परिवारका अन्य सदस्यहरुबाट अपहेलित भएकी बिम्बुको प्रतिभाको कदर गर्दै र मानवीय कर्तव्य सम्झेर पनि उनलाई सहयोग गर्न लागिएको कुरा नेपाल मगर सङ्घका सदस्य श्याम आलेले बताएका छन् l सङ्घले आगामी दिनमा बिम्बुको उच्च शिक्षाका साथै सङ्गीत क्षेत्रमा अगाडि बढ्नका लागि आर्थिक सहयोग गर्ने छ l बिम्बुको शैक्षिक तथा साङ्गीतिक वृत्तिका लागि नेपाल मगर सङ्घ, कतार शाखाले समेत आर्थिक सहयोग गर्ने कुरा शाखाका सदस्य शरण थापा मगरले जानकारी गराएका छन् l

Video Link