स्वरुपराज आचार्य र विन्दु परियारको गीतमा महेश र इस्तुको जीवन्त अभिनय

लोकप्रिय गायक तथा सङ्गीतकार स्वरुपराज आचार्य र विन्दु परियारको स्वर रहेको नयाँ गीत ‘नदेखेको धेरै भयो’ को भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको यस भिडियोमा महेश खड्का र इस्तु कार्कीको अभिनय रहेको छ ।

किशोर अवस्थामा जानेर वा नजानेर गरिने प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ । ईश्वर श्रेष्ठको शब्दरचना रहेको यस गीतमा लोकप्रिय सङ्गीतकार दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको म्युजिक एरेन्ज रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

Video Link