घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय र प्रहरीबीच झडपको अवस्था

पोखरा महानगरपालिका वडानं. ५ अन्तर्गत धारापानी मार्गमा रहेको व्यवसायी युवराज खतिवडाको घर मापदण्ड विपरित र सार्वजनिक जग्गा मिचेर बनाइएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रवक्ता समेत रहका धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए ।

महानगरको डोजर घर भत्काउन जाँदा स्थानीयहरुको चर्को  अवरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट ठूलो संख्यामा प्रहरी परिचान गरिएको थियो । वडा सदस्य अन्जु केसीसँगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो । यद्यपि वडाध्यक्ष धनबहादुर नेपालीले यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे । घर भत्काउने क्रममा स्थानीय, प्रहरी र जनप्रतिनिधिहरु बीच भनाभन तथा हात हालाहालको अवस्था समेत सृजना भएको थियो ।

video link