महिला रेस्लरहरुको भीडन्त, खेल्दा खेल्दै युवतीहरु घाईते

‘नेपाल महिला रेस्लिङ फाउन्डेशन’को आयोजनामा महिलाहरुको रेस्लिङ खेल सम्पन्न भएको छ l नेपाल पर्यटन बोर्ड, क्यानडा दूत नर बहादुर टन्डनको प्रमुख आतिथ्यता एवं अन्तर्राष्ट्रिय लायन्स संयोजक रामचन्द्र ढकालको विशेष आतिथ्यतामा सम्पन्न सो रेस्लिङ खेल अवलोकनका लागि पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो l खेल काठमाण्डौको शान्तिनगरस्थित फाउन्डेसन कम्पाउन्डमा निर्माण गरिएको रिङमा सम्पन्न भएको थियो l

पहिलो चरणमा संस्थाकी अध्यक्ष एवं प्रशिक्षक चर्चित नेपाली महिला रेस्लर भगवती खड्का, जुरेलीको उप नामबाट चर्चामा आएकी रेस्लर अस्मिता सुनार, लक्ष्मी घर्ती मगर, जमुना तामाङ, आकृति पुन मगर र भगवती माझीले संयुक्त रुपमा खेल प्रदर्शन गरेका थिए  भने त्यसपछि लक्ष्मी घर्ती मगर र अस्मिता सुनार तथा आकृति पुन र जमुना तामाङबीच भिडन्त भएको थियो l खेलमा कुनै खेलाडीको खुट्टा मर्किएको थियो भने कसैको नाथ्री फुटेको थियो l खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले पूरा गरेका थिए l
पर्यटन दूत रामचन्द्र ढकालले खेल रिङको स्तरोन्नतिका लागि भोलिपल्टै संस्थालाई १ लाख ५ हजार रुपैया दिने घोषणा गर्दै सन् २०१९ भित्रै क्यानडामा नेपाली महिला रेस्लरहरुको खेल आयोजना गर्ने वचनवद्धता व्यक्त गरेका थिए l उनले अगाडि भने – ‘खेल रिङलाई अझै नरम बनाउन पाएको भए खेलाडीहरुलाई अलि कम दुख्थ्योहोला l यसलाई सुधार गर्नुहोला l विदेशी महिला भनेका ब्रोईलर कुखुरा जस्ता हुन्छन्, हाम्रा खेलाडीहरुले उनीहरुलाई सजिलै जित्न सक्छन् भन्ने मलाई पूर्ण विश्वास छ l’ प्रत्यक्ष रुपमा खेल अवलोकन गर्दा आम मान्छेले बुझे झैं रेस्लिङ खेल योजनावद्ध र नाटक हैन भन्ने कुरा प्रष्टै हुन्थ्यो l खेलमा कसैको ज्यान जान सक्ने र अङ्गभङ्ग हुन सक्ने जोखिम पनि महसुस गर्न सकिन्थ्यो l जीवनमै पहिलोपटक रेस्लिङ खेल लाइभ हेर्न पाएको भन्दै सहभागी सबैले खुशी व्यक्त गरेका थिए l

watch live video