प्रथम ‘अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्ड-२०१८’ थाईल्याण्डमा सम्पन्न

छायाछवि क्रिएशनको आयोजनामा प्रथम ‘अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्ड-२०१८’ सम्पन्न भएको छ l गत जनवरी १२ देखि १६ थाईल्याण्डको पटायामा प्रथम संस्करणको सो अवार्ड आयोजना भएको थियो l कार्यक्रममा नेपाली चलचित्र, सङ्गीत र साहित्यको क्षेत्रमा क्रियाशील रहेका सर्जक र कलाकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो भने विगत लामो समयदेखि अनवरत रुपमा विशिष्ठ योगदान पुर्याउने सर्जक एवं कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो l प्राप्त जानकारी अनुसार अवार्डमा सहभागिताका लागि नेपालबाट वरिष्ठ कलाकार वसुन्धरा भुसाल, गायिका देविका वन्दना, कलाकार निर्मल शर्मा, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र पत्रकार शान्तिप्रिय, गीता अधिकारी, राज लुईँटेल, नायक विनोद श्रेष्ठ, नवनायक सन्जित भण्डारी, नायिका खुस्वु खड्का, निर्मात्री रजनी के.सी. लगायतका व्यक्तिहरु पटाया पुगेका थिए l समारोह त्यहाँको एक पाँचतारे होटलमा आयोजना गरिएको थियो l

अवार्ड समारोहमा विशिष्ठ अभिनेत्रीको सम्मानबाट वसुन्धरा भुसाल, विशिष्ठ गायिकाको सम्मानबाट देविका वन्दना, सामाजिक कला सम्मानबाट कलाकार निर्मल शर्मा र निर्मात्री रजनी के.सी., सामाजिक सम्मानबाट चित्रप्रसाद सापकोटा, पत्रकार सम्मानबाट गीता अधिकारी, राज लुईँटेल आदि सम्मानित भएका थिए । यसैगरी चलचित्र क्षेत्रबाट निर्देशक योगेश घिमिरे, गायक योगेशकाजी, नायक विनोद श्रेष्ठ र उदियमान नायक (नवनायक) सन्जित भण्डारीले अवार्ड प्राप्त गरेका थिए भने सङ्गीत क्षेत्रका रेकर्डिष्ट प्रकाश खरेल,  गीतकार लोकराज अधिकारी,  मेकअप मेन अमृत मरहठ्ठा, सङ्गीतकार सन्तोष श्रेष्ठ र ठाकुर प्रसाद दुलाल, लोकदोहोरी उदियमान गायक अर्जुन खड्का, लोकदोहोरी उदियमान गायिका सिर्जना खत्री, लोकदोहोरी गायक दिनेश थापा,  गायिका सुशिला पाठक, उदीयमान मोडेल शिलाष्मा मल्ल,  गायक योगेशकाजी, नायक श्रीदेव भट्ट, नायिका सारिका घिमिरे, मोडल तथा नायक विनोद श्रेष्ठ, मोडल तथा नायिका दिपाशा वि.सि., उदीयमान नायक (नवनायक) सन्जित भण्डारी, निर्देशक योगेश घिमिरे आदिलाई सन् २०१८ को ‘अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्ड’ प्रदान गरिएको थियो । अवार्ड पश्चात पानीजहाजमा रात्रीभोज तथा साङ्गीतिक कार्यक्रम राखिएको थियो । जसमा कलाकारले नेपाली गीतमा खुलेर प्रस्तुति दिएका थिए ।