अमेरिकामा पनि बाबाको साङ्गीतिक यात्रा पछ्याउँदै गुञ्जन

 नेपाली साङ्गीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबलावादक  तुंगनाथ उपाध्यायकी कान्छी  छोरी गुञ्जन उपाध्याय अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढिरहेकी छिन् हाल परिवार अमेरिकामा बस्दै आएकी गुञ्जनलाई तोतेबोली बोल्न जान्दै बामे  सरेर हिंड्न  सक्ने हुँदादेखि नै उनका बुबा तुंगनाथले गायन तथा सङ्गीतको क्षेत्रमा डोर्याएका हुन्

बाबाको साथमा काठमाडौंस्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबलावादक पं. होमनाथ उपाध्यायद्वारा स्थापित ‘प्रस्तर’ समूहको साधना पनि नजिकबाट अनुभव गर्ने मौका पाइन् । जसका कारणले पनि उनलाई साङ्गीतिक क्षेत्रमा लाग्ने उर्जा मिल्यो । विद्यार्थी जीवनमा उनी ग्यालेक्सी पब्लिक स्कुलको छोरी ग्रुपमा थिइन्।

बागबजारस्थित केएमसीमा दोस्रो वर्षमा पढ्दैगर्दा उनी अमेरिका प्रस्थान गरिन् । जुन समयमा उनी चण्डी प्रसाद  काफ्लेसँग शाश्त्रीय सङ्गीत सिक्दै थिइन् भने गुरू पं. होमनाथ उपाध्याय र पछि उहाँको व्यस्ततामा सन्तोष वर्मासंग तबला पनि सिक्दै थिईन् । उनले माधुरी ताई, पद्मविभूषण रामदेश पाण्डेकी श्रीमती अर्चना देशपाण्डे आदि गुरूबाट पनि केही समय गायन सिकिन् । समय मिलाएर उनले काठमाडौंबाट प्रवीण बुडापिर्थीसँग केही समय पियानो समेत सिकिन् । गुञ्जनको घरमा साङ्गीतिक माहोल सधैं रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिईन् भने दिदी अन्तरा गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिडबाट भ्वाइलिन सिक्ने गर्थिन् । तिनताका बुबा तुँगनाथ स्कुलहरुमा र बाहिर म्युजिकल कार्यक्रमहरु गर्ने गर्दथे ।

नेपालबाट अमेरिका पुगेपछि पढाईको साथमा उनको साङ्गीतिक यात्राले अझै उचाई लिंदै  गैरहेको छ । विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गईरहेका छन् । उनका फ्यान, फलोअर्स  पनि बढ्दै गईरहेका छन् । अमेरिमामा रहेका  विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा गाउँदैगर्दा सन् २०१३ मा उनले नेपालीहरुद्वारा संचालित संस्था ए.एन.ए. को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिईन् र प्रथम पनि भईन् भने ट्वान्टि हार्वस रेडियो स्टेशनको वर्ष २०१५ को ट्यालेन्ट गायन कम्पिटिसनमा डालासका ६० उत्कृष्ट सहभागी मध्ये हिन्दी गीतमा उनीमात्र एक नेपाली चेली ‘फर्ष्ट  रनर अप’ हुन सफल भईन् । उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । हाइलाईट्स नेपाल मार्फत केही समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा सङ्गीतमा ‘माया कस्तो लाएँ’ बोलको गीत दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।

video link