भिडियो मोडलिङमा अगाडि बढ्दै मनिषा

‘प्रेमबुक’ नामक चलचित्रबाट पर्दाको दुनियामा प्रवेश गरेकी उदीयमान कलाकार मनिषा सापकोटाको पुन: अर्को नयाँ म्युजिक भिडियो आउने भएको छ l सुभास प्रधानको निर्देशन र राज महर्जनको कोरियोग्राफीमा भर्खरै नयाँ म्युजिक भिडियोको छायाङ्कन भएको कुरा भिडियोकी मोडल मनीषाले जानकारी गराएकी छिन् l यसअघि पनि उनका केही म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भैसकेका छन् l
मनीषाका अनुसार ‘मनको कुरा मनमै तिम्ले किन हो लुकाएको’ बोलको प्रेम आकर्षण भावको यस गीतको भिडियोमा  विजय श्रेष्ठसंग उनले मोडलिङ गरेकी हुन् l विजय श्रेष्ठको शब्द, जितेन लेप्चाको सङ्गीत, चांद सिंहको म्युजिक एरेन्ज र विजय श्रेष्ठको स्वर रहेको यस गीतको भिडियो राम कुमार केसीले छयाङ्कन गरेका हुन् l हाल टेकेन्द्र शाहले भिडियोको सम्पादन गरिरहेको र छिट्टै युट्युबबाट रिलिज हुने कुरा पनि उनले जानकारी गराएकी छिन् l चलचित्रबाट कलायात्रा आरम्भ गरेकी मनिषाले उट्पट्याङ् शीर्षकको हास्य सिरियलमा अभिनय र केही विज्ञापनमा मोडलिङ समेत गरिसकेकी छिन् l