एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको आयोजनामा ‘Beijing treaty on audiovisual performances 2012, Wipo copyright treaty, Rome convention, Wipo performances and phonogram treaty को पक्षधर राष्ट्र बन्ने’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम कमलादीस्थित cw रेष्टुरेन्टमा आयोजना भएको थियो l

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव भरतमणि सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार केसीले ‘Wipo copyright treaty र Wipo performances and phonogram treaty’ विषयक साथै वरिष्ठ अधिवक्ता परशुराम कोईरालाले ‘Beijing treaty on audiovisual performances 2012, Rome convention’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने तीनवटै कार्यपत्रमाथि डा. बल बहादुर मुखियाले टिप्पणी गरेका थिए l कार्यक्रम नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो l समारोहमा सङ्गीत रोयल्टी संकलन समाज, सङ्गीत उत्पादक समाज, प्रस्तोता समाज, नेपाल सङ्गीत उद्योग सङ्घ, सांगीतिक सङ्घ लगायतका गीत-सङ्गीतसँग सम्बन्धित संस्थाका पदाधिकारी, सर्जक एवं कलाकारहरुको उपस्थिति रहेको थियो l