ऋषभ र रमुना बने ‘मिष्टर एण्ड मिस टुरिजम नेपाल– २०१८’

राष्ट्रियसभा सभासद् कोमल ओलीले युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् ओलीले राजधानीमा एसएसके मिडिया प्रालिद्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लि.द्वारा प्रायोजित मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्

      सो कार्यक्रम एसके मिडिया प्रा.लि.का सिइओ सन्तोष सिलवाल खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, आरोग्य एजुकेशनका प्रवन्धक सुविद्या खनाल दाहाल, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी राज्यलक्ष्मी शाक्य, समाजसेवी तथा चलचित्र निर्माता शान्ता ढका अतिथिका रुपमा उपस्थित थिए  

सो प्रतियोगिताको निर्णायक मण्डलमा वर्षा कार्की, अभिमन्यु कार्की लगायत थिए भने जेनस लामाले कोरियाग्राफी  गरेका थिए कार्यक्रम संयोजन नवीन भट्टराईले गरेका थिए  भने कार्यक्रमको सञ्चालन राजन सिलवालले गरेका थिए

 

 प्रतियोगितामा वरिष्ठ गायक आनन्द कार्कीले सुमधुर गीतहरु गाएका थिए कार्यक्रममा वरिष्ठ सङ्गीतकर्मी उदिराम खड्काले मयूर नृत्यु प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पारेका थिए कार्यक्रममा सत्यवती कलाकेन्द्र तथा जापानी सूचना केन्द्र, नेपालका कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए कार्यक्रम महेन्द्र पुलिस क्लबको सभाहलमा आयोजना भएको थियो

 

मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पुरुषतर्फ ऋषभ पन्त मिष्टर टुरिज  नेपाल २०१८ हुन सफल भए भने महिलातर्फ रमुना कार्की प्रथम विजेताको ताज पहिरिन सफल भइन् त्यस्तै पुरुषतर्फ फष्ट रनरअप रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फष्ट रनरअपको उपाधि हासिल गरिन् यसैगरी  वेष्ट ट्यालेन्टको उपाधि राजन राई मगरले जितेका थिए   वेष्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले प्राप्त गरिन् सो प्रतियोगितामा जना पुरुष जना महिला सहभागी भएका थिए
मुना न्यौपाने