‘प्लानेट नेपाल २०१८’ को उपाधी जेनिशा तामाङलाई

जेनिथ मिडियाले आयोजना गरेको ‘प्लानेट नेपाल २०१८’ को बिजेता बन्न सफल भएकी छिन् काठमान्डौ बालुवाटारकी  १३ बर्षीय जेनिशा तामाङ l  बिजेताको ताजसँगै उनले नगद रु. ५०,०००/- र काठमाडौं-पोखरा-काठमाडौं हवाई टिकट समेत जित्न सफल भएकी छिन् । उनी विजेताको ताजसँगै ‘वेष्ट सोसियल’ को टाईटल अवार्ड समेत जित्न सफल भएकी छिन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नमा उत्कृष्ट ढङ्गले उत्तर दिंदै तथा मनमोहक प्रस्तुतिको साथमा उनी उक्त विजेताको ताज पहिरहन सफल भएकी हुन् ।

युनिभर्स स्कुल बालुवाटारमा ८ कक्षामा अध्यनरत छात्रा जेनिशा विद्यालयमा समेत राम्रो विद्यार्थीको रुपमा चिनिएकी छिन् । तेज दिमाग भएकी जेनिशा पढाईसँगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा विनोद तामाङले बताए ।

स्थायी घर शिवपुरी -५,  नुवाकोट भई काठमाडौँ महानगरपालिका बालुवाटार बसोबास गर्दै आएकी ‘प्लानेट नेपाल २०१८’ की विजेता जेनिशा तामाङले भविष्यमा चर्चित -मोडल, नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन् । छोरी जेनिशाले ‘प्लानेट नेपाल २०१८’ बाट वीनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुशियाली छाएको आमा जुना तामाङले बताइन् l छोरी जेनिशा तामाङको जित भएको कारणले गर्दा विद्यालय परिवार लगायत समाजमा नै खुशियाली छाएको कुरा जेनिशाका बुबा विनोद तामाङले पनि बताएका छन् l