प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मिनाक्षी

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालकी प्रमुख कार्यकारी अधिकृत { सीईओ } मिनाक्षी कोईराला खड्का प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई हालै स्वदेश फर्किएकी छिन् l सीईओ खड्काले गत नोभेम्बर २४ देखि डिसेम्बर १४ सम्म यूरोपीय देश स्विडेनमा सम्पन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेकी थिईन् l World Intellectual Property Organization { WIPO }, Swedish Patent and Registration Office { PRV } र Swedish International Development Cooperation Agency { SIDA } नामक अन्तर्राष्ट्रिय संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनमा नेपाल लगायत भूटान, बंगलादेश, कम्बोडिया, तान्जानिया, युगान्डा, जाम्बिया, म्यानमार, रुवान्डा लगायत एशिया र अफ्रिकाका १५ विकाशोन्मुख देशका प्रतिनिधिहरुको सहभागिता रहेको कुरा सीईओ मिनाक्षीले जानकारी गराएकी छिन् l बौद्धिक सम्पत्ति सम्बन्धी विषयमा केन्द्रित सो सम्मेलनमा सहभागीहरुले विशेषगरी प्रतिलिपि अधिकार सम्बन्धी प्रस्तुतिहरु दिएको र यही विषयमा छलफल गरिएको थाहा भएको छ l

सम्मेलनमा सीईओ मिनाक्षीले प्रतिलिपि अधिकार व्यस्थापनका विषयमा नेपालमा हालसम्म भएका गतिविधि र प्राप्त उपलव्धीका साथै डिजिटल बजारका चुनौतीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुति दिएको कुरा थाहा भएको छ l मिनाक्षी लगभग २ वर्ष अघिदेखि ‘सङ्गीत रोयल्टी संकलन समाज’ मा सीईओको रुपमा कार्यरत रहेकी छिन् भने उनी संस्थामा आएयता

महत्वपूर्ण धेरै कामहरु पनि भएका छन् l यस सम्मेलनको ‘फल्लो अप’ कार्यक्रम आगामी जुन ५ देखि जुलाई ३० सम्म अफ्रिकाको तान्जानियामा हुने कुरा थाहा भएको छ l