सेरियन बेगमले जितिन ‘लिटिल आइकन २०१८ सिजन – ७’ को ताज

एएनपी मिडिया हाउसको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘लिटल आइकन २०१८, सिजन – ७’ को बिजेता बन्न सफल भएकी छिन् काठमाण्डौ बानियाटार निवासी १० बर्षीय सेरियन बेगम l उनले उपाधी बिजेताको ताजसँगै ‘मष्ट पपुलर’ तथा ‘मष्ट एक्टिभ’ को टाईटल समेत जित्न सफल भएकी थिइन्  l निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढङ्गले उत्तर दिएर उनी बिजेताको ताज पहिरहन सफल भएकी थिइन् l

लालीगुराँस नेशनल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्रा सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन् l तेज दिमाग भएकी सेरियन बेगम पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए l काठमाडौँको टोखा नगरपालिका बानियाटरका स्थायी बासिन्दा लिटल आइकन  सेरियन बेगमले भविष्यमा चर्चित मोडल, नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन् l

छोरी सेरियन बेगमले ‘लिटल आइकन २०१८ सिजन – ७’ बाट वीनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुशीयाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए l