पहिलोपटक भाषाभाषी गीतमा निर्मल

गायक निर्मल सुब्बा दशैं-तिहार लगत्तै लिम्बू संस्कार र संस्कृति झल्कने दुई गीत ‘तरेमे चासोक तङ्नाम ओ चुमिरो’ र ‘मिम्जिरे पानहा पात्छिना’ एकैसाथ युट्युबबाट रिलिज गर्ने तयारीमा लागेका छन् l ०६४ सालदेखि औपचारिक रुपमा गायन यात्रा सुरु गरी लगभग २ दर्जन गीतमा स्वर दिईसकेका र १ वर्ष यता भिडियो मोडलिङ समेत गर्दै आएका निर्मलको यो पहिलो भाषाभाषी गीत हो l हर्क बहादुर योङहाङको शब्द, अशोक राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको ‘तरेमे चासोक’ मा निर्मललाई लक्ष्मी योङहाङले स्वरमा साथ दिएकी छिन् भने लगभग एकवर्ष अगाडि नै रेकर्ड भएको यो गीत औपचारिक रिलिज अघि नै लोकप्रिय भईसकेको छ l यो गीत भिन्दाभिन्दै दुई अवार्ड कार्यक्रमहरुमा नोमिनेशनमा समेत परेको थियो l लोकेन साम्बाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा हङकङ निवासी भीम तुम्बाहाम्फे लिम्बू, लक्ष्मी योङहाङ र साथीहरुको अभिनय रहेको कुरा गायक निर्मलले जानकारी गराएका छन् l भीम तुम्बाहाम्फेको चलचित्र ‘के: साङला’ चांडै रिलिज हुने तयारीमा रहेको कुरा पनि थाहा भएको छ l
यसैगरी कल्पना आङ्बुहाङको शब्द, अशोक राईकै सङ्गीत तथा सङ्गीत संयोजन रहेको अर्को गीत ‘मिम्जिरे’ मा भने निर्मललाई श्रेयशी चेम्जोङले स्वरमा साथ दिएकी छिन् l भिडियो लोकेनकै निर्देशनमा तयार भएको हो l जसमा भीम तुम्बाहाम्फे लीम्बूले नै मोडलिङ गरेका छन् मोडल मेनुवा सादेम्बाले उनलाई साथ दिएकी छिन् l गायक निर्मलका ‘पाथीभरा शीर, बितोस है सारा जुनी, सारा तस्बीर जलाएर’ लगायतका गीत श्रोताले धेरै मन पराएका छन् l