अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक

 व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीतको भिडियो  सार्वजनिक भएको छ । आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा सङ्गीत रहेको छ ।

अस्मिताले यो गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन् । उनले भनिन्- ‘बाबा आमा बिना आफ्नो अस्तित्व हुँदैन । यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिईन । बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यो गीत लेखेकी हुँ ।’ उनले समारोहमा आमाको स्वर्गाहोरण पछि बाबाले आमा-बाबा दुबैको माया दिनुभएको बताउँदै यो गीत बाबालाई उपहार दिएको बताएकी थिईन् ।

युवराज वाइवाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुराना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको मुख्य अभिनय रहेको छ भने  एन्जल गुप्ता र दिपेन गौतमले पनि अभिनय गरेका छन् । भिडियो केही सन्देशमूलक पनि बनाइएको कुरा निर्देशक वाइवाले  बताएका छन् । उनी भन्छन्- ‘अहिले देशमा भइरहेको बलत्कारको विरुद्धमा यो भिडियो तयार पारेको छौं ।’

त्यस्तै अभिनेता शिव श्रेष्ठले यस भिडियोमा अभिनय गर्न पाउँदा निकै खुशी लागेको  बताए । उनले भने- ‘धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन् । तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु, निकै खुशी लागेको छ।’ हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुशी  लागेको बताएकी छिन् । भिडियो उत्सव दाहालको  छायांकन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो  ।