‘मिस एभिएसन क्विन २०१८’ मा छानिए २० प्रतिस्पर्धी

विमान परिचारिका अर्थात एयर होस्टेजको प्रशिक्षण लिईरहेका तथा यो पेशामा रुची राख्ने युवतीहरुलाई सहभागी गराएर ‘मिस एभिएसन क्विन–२०१८’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गरिने भएको छ । टच ईन्टरटेन्मेन र स्पर्श फिल्म्सले पहिलोपटक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका हुन् ।

आगामी असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको छ । अडिसनबाट २० जना युवतीहरु छनोट भएको आयोजक संस्थाकी विजया शाहले बताएकी छिन् । अडिसनमा सहभागी मध्ये २५ जना युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेर निर्णायकको मन जितेका थिए । अडिसनको निर्णायकहरुमा सहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ म्यानेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दमयन्ती किराँत, पूजा सिलवाल, हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा डिजे शिशिर रहेका थिए ।

१८ देखि २४ वर्ष उमेर समूहका युवतीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीका अनुसार छनोट भएका युवतीहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छन् । असोजको अन्तिम साता सम्पन्न हुने ग्राण्ड फिनालेमा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनालाई नगद सहित एउटा प्रतिष्ठित एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको फोटोसेसन तथा ट्यालेन्ट राउण्ड असोज पहिलो साता बुटलवस्थित टाइगर प्यालेस रिसोर्टमा गरिने बताइएको छ । अभिनेता एसराज गराच यो प्रतियोगिताका कोरियोग्राफर हुन् ।