‘मिस एण्ड मिसेस तीज नेपाल २०७५’ को ताज मनिषा र हिमालाई

काठमाडौँ : दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको “मिस एण्ड मिसेस तीज नेपाल २०७५” मा मनिषा पौडेल र हिमा गुरुङ बिजेताको ताज पहिरहन सफल भएका छन् l जस अन्तर्गत ‘मिसेस तीज नेपाल २०७५’ को फर्ष्ट रनरअपमा मनिता कोईराला, सेकेण्ड रनरअपमा पूजा तामाङ, मष्ट पपुलरमा पवित्रा रिमाल र भिवर्स च्वाइसमा सुशीला थापा घोषित  भएका छन् भने ‘मिस तीज नेपाल २०७५’ को फर्ष्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल र मष्ट पपुलरको उपाधि ममता दासले जितेका छन् l

विगत केही बर्षदेखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यसपटक हरितालिका तीजको अवसर पारेर “मिस एण्ड मिसेस तीज नेपाल” को आयोजना गरेको हो l प्रतियोगिता वरिष्ठ हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउन सफल ४ व्यक्तिहरु गायक सीताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने र बबिता बुद्धाचार्य समेत सम्मानित भएका थिए  l

उक्त सौन्दर्य प्रतियोगितामा वरिष्ठ गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, संचारकर्मी सूर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राई र संचारकर्मी राजेन्द्र लुइँटेलले निर्णायकको भूमिका निर्वाह गरेका गरेका थिए l प्रतियोगीहरुलाई  पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको बताईएको छ भने आशिष मिश्रले कोरियोग्राफी गरेका थिए  l