सुवासको पहिलो गीत तीजपछि आउने

नव गायक सुवास शाह यही तीज लगत्तै आफ्नो स्वरको पहिलो गीतको पहिलो भिडियो लिएर युट्युब मार्फत सार्वजनिक हुने भएका छन् l आफ्नै शब्दरचना र दीपकराज विश्वकर्माको सङ्गीतमा रहेको आधुनिक गीत ‘सात समुन्द्र पारि’ मार्फत उनी स्रोता समक्ष आउने भएका हुन् l भिडियो दिपेश थापा ‘आईडु’ को निर्देशनमा तयार भएको हो भने भिडियोमा किरण लाकौल र दिक्षा राईको अभिनय रहेको छ l भिडियोका छायाकार महेश महरा हुन् l
प्राप्त जानकारी अनुसार भिडियो निर्देशक तथा मोडल दिपेश थापा ‘आईडु’ द्वारा संचालित डी. सिरिज इन्टरनेटमेन्टको पहिलो पोष्ट प्रोडक्सनको रुपमा यो भिडियो तयार भएको हो l यो भिडियो ग्राफिक डिजाइनर, भिडियो सम्पादक तथा एनिमेटर समेत रहेका गायक सुवासले आफ्नै कम्पनी ‘नौलो प्रतिभा अनलाईन टि. भी’, बाट रिलिज हुने कुरा जानकारी गराएका छन् l