अल्विना भईन् ‘टिन प्रिन्सेस नेपाल–२०१८’

‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् । उनले ‘टिन प्रिन्सेस नेपाल’ भए वापत क्राउन र ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेशनबाट IELTS कोर्ष र विभिन्न उपहार प्राप्त गरिन् ।