अभिनेत्री निता भईन् रविना व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर

काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक एवं सुविधा सम्पन्न ‘रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुङ्गाना अनुबन्धित भएकी छिन् । सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाको लागि वैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको यो पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री निता एक वर्षका लागि जोडिएकी हुन् । वरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर विगत डेढ दशकदेखि सञ्चालन गर्दै आएकी छिन् ।

यसैबीच रविना ‘व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ खरिबोट मिनभवनको नयाँ आउटलेटको पनि अभिनेत्री निता ढुङ्गाना, वरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले सँयुक्त रुपमा उद्घाटन गरेका छन् । आफू व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री निताले वरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । हरेकदिन जसो सुटिङ सहित विभिन्न औपचारिक कार्यक्रममा गईरहनु परेकाले नियमित रुपमा आफूलाई सुन्दर र चुस्त राख्नुपर्ने पनि उनले बताईन् । उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना समेत गरिन् ।

आगामी वर्ष ७ भदौसम्म आफूहरुले अभिनेत्री निताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन केयर, बडी केयर सहित सौन्दर्य सम्बन्धी सम्पूर्ण पक्षको केयर गर्ने रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् । अभिनेत्री नितासँग आफूहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य अत्यन्त सुखद हुने विश्वास जनाईन् । अहिले खरिबोटमा खुलेको नयाँ आउटलेट (पार्लर) विगतका पार्लर भन्दा अझ सुविधा सम्पन्न भएको पनि उनले जानकारी गराईन् ।

उद्घाटन समारोहमा वरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठले सुलोचना दक्ष व्युटिसियनसँगै सक्षम व्युटिसियन प्रशिक्षक भएकाले उनले अझ धेरैलाई गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा अर्की अग्रज व्युटिसियन सीता पाठकले पनि रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना गरिन् ।