‘हिमालय ब्युटी पेजेण्ट २०१८’ को उपाधि सुजाता देउजालाई

‘हिमालय ब्युटी पेजेण्ट २०१८’ को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘हिमालय प्याजेण्ट’ द्वारा आयोजित ‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा अन्जना ज्योति फष्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप र अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए ।

प्रतिस्पर्धी युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन तथा व्यक्तित्व विकास सम्वन्धी विषयमा प्रशिक्षण दिईएको कुरा आयोजक संस्थाकी अध्यक्ष अप्सना राई बताउँछिन् ।

प्रतिस्पर्धाको निर्णायकमा गायक आनन्द कार्की, संचारकर्मी सूर्य चन्द, अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुईंटेल, सौन्दर्य व्यवसायी टेकराज पाण्डे, लेक्चरर ज्योत्स्ना राजभण्डारी, गायिका वसन्ता प्रकृति र सर्व प्रतिक श्रेष्ठ थिए । उक्त प्रतियोगिताको कोरियोग्राफी अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको उद्घोषकण कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए ।