नेपाली गीत-सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाईलीको स्वरमा तीजगीत ‘मुसुक्कै हाँस मायालु’ सार्वजनिक भएको छ । नेपाली लोकसङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय गायिका चन्द्रकला कंवरको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । गीतको अडियो तथा भिडियोलाई पूजा डिजिटल म्युजिक प्रा.लि. ले बजार व्यवस्थापन गरेको हो ।
गीतमा विभिन्न कारणले माइतघर जान नपाएकी आफनी श्रीमतीलाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागि उनका श्रीमानले आग्रह गरेका छन् । भिडियोमा हरिश महराको छायाङ्कन, चेतन सागरको सम्पादन र शर्मिला पुरीको निर्देशन रहेको भने विशाल बराल र देवकुमारी बस्नेतले अभिनय गरेका छन् ।