पाचौँ संस्करणको ‘मिस ब्युटी क्विन नेपाल’ को उपाधी ज्योतिलाई

पाँचौं सिजनको ‘मिस ब्युटी क्विन नेपाल २०१८’ को ताज ज्योति प्रसाईंको पोल्टामा गएको छ । उनले १५ जना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधीको ताज पहिरिएकी हुन् ।

उनले शीर्ष उपाधिसँगै ‘वेष्ट ट्यालेन्ट’ पनि जितिन् । यस्तै फष्ट रनरअप, मिस पब्लिक च्वाईस तथा मष्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधिसँगै वेष्ट पर्सानालिटीको टाईटल वर्षा महर्जनले जितिन् । त्यस्तै थर्ड रनरअपको उपाधी सहित वेष्ट हेयर मनिषा थापाले हात पारेकी थिईन् ।

एमाजोन ईन्टरटेन्मेन्टले मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सव टाईटलहरु वेष्ट स्किनमा सेल्गुई लिम्बू ,मष्ट एक्टिभमा रन्जिता विष्ट, वेष्ट स्माईल तथा मष्ट पपुलरमा ॠषिका थापा, मष्ट चार्मिङमा निशा पौडेल, वेष्ट डिसिप्लिन आरती आले मगर, मष्ट एट्रक्टिभमा अस्मिता राई, वेष्ट फोटोजेनिकमा पूजा अधिकारी र वेष्ट ड्रेसमा सेल्गी लिम्बूले उपाधी जितेका छन् ।

विजेताले उपाधिसँगै आर्टिस्ट नेपाल, जाभिरा कस्मेटिक, पायस कस्मेटिक, भिएलसिसी र ट्रान्सिट लेडीको तर्फबाट बिभिन्न गिफ्ट ह्यापरहरु समेत प्राप्त गरेका छन् । विगत ६ बर्षदेखि बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको संस्था एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन् ।