मिसेस नेपाल आईडल उपाधी सिर्जनालाई

तेश्रो सिजनको मिसेस नेपाल आईडलको उपाधी सिर्जना श्रेष्ठले हात पारेकी छिन् । उनले उपाधी सहित मष्ट ईन्टलिजेन्ट र मष्ट पपुलरको अवार्ड पनि हात पारिन् । यो प्रतिस्पर्धा बिबाहित नारीहरुबीच विगत ३ बर्ष देखि आयोजना हुँदै आईरहेको छ l बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मन्चमा प्रतिस्पर्धा गराउने र समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले यो आयोजना सुरु गरिएको बताईएको छ l प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोषित भईन् । उनले सो उपाधी सहित वेष्ट ट्यालेन्टको उपाधी पनि हात पारिन् । त्यस्तै दोश्रो रनरअप गंगा पौडेल घोषित भईन् भने उनले पनि उपाधी सहित मष्ट कन्फिडेन्सको उपाधी प्राप्त गरिन् ।

विगत ६ बर्षदेखि सौन्दर्य एवं नाटकको आयोजना गर्दै आएको संस्था अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस प्रतियोगिताका अन्य बिभिन्न विधाका सव टाईटलहरुमा मष्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, वेष्ट पर्सानालिटी सिमा थापा खड्का, मष्ट एट्रक्टिभ रजनी गुरुङ, वेष्ट स्माईल रमा रश्मी, वेष्ट स्किन मधु सुनार, मष्ट एक्टिभ सुशिला गुरुङ, वेष्ट हेयर इन्दिरा श्रेष्ठ, मष्ट चार्मिङ सुशिला तमाङ, वेष्ट फोटोजेनिक सुजता श्रेष्ठ,वेष्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस पब्लिक च्वाईस सिमा थापा खड्काले प्राप्त गरे ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १६ प्रतिस्पर्धीहरु थिए । प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले १ महिना लामो प्रशिक्षण दिएकी थिईन् । प्रतियोगिताको निर्णायकहरुमा गायक एवं र्यापर निर्णय श्रेष्ठ, मिस नेपाल २००५ सुगारिका केसी र मिसेस मंगोल विजेता धनमाया मगर रहेका थिए भने प्रमुख निर्णायकमा गायक, संगीतकार एवं साहित्यकार बुलु मुकारुङ रहेका थिए ।