मिष्टर एण्ड मिस फ्रेसर नेपाल’ का विजेता बने रमेश डाँगी र लक्ष्मी राउत

काठमाडौँ : ‘एक्सप्लोर इन्टरटेन्मेण्ट’ को आयोजनामा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस फ्रेसर नेपाल २०१८’ सिजन वानमा रमेश डाँगी र लक्ष्मी राउत विजेता बनेका छन् l आफूलाई अन्य प्रतिस्पर्धी भन्दा फरक र बौद्धिक रुपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनोटमा उपाधि जित्न सफल भएका थिए l त्यसैगरी प्रतिस्पर्धामा ‘मिष्टर’तर्फ फर्स्ट रनरअप प्रदिप राई र सेकेण्ड रनरअप अशेष डंगोल भएका छन् भने ‘मिस’तर्फ फर्स्ट रनरअप स्वेता यादव र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भएका थिए l

प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा मोटिभेसन सम्वन्धी विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्म विश्वासलाई अझ मजबुत बनाउने कार्य गरिएको कुरा आयोजक सन्दिप श्रेष्ठले बताए l

अन्तिम प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सूर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देवकोटा, निर्देशक प्रतिमाया पुन तथा संचारकर्मी राजेन्द्र लूईटेल निर्णायक मण्डलीमा रहेर विजेताहरुको घोषणा गरेका थिए l

दिवस धितालले कोरियोग्राफ्री गरेको “मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८” सौन्दर्य प्रतियोगितामा कार्यक्रम निर्देशकको जिम्मेवारी प्रहिल कार्कीले पूरा गरेका छन् l धितालका अनुसार यस सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीहरुको व्यक्तित्व विकास र उनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि महत्वपूर्ण भएको छ । कार्यक्रम भिजे तथा उद्घोषक प्रहिल कार्कीले संचालन गरेका थिए l