स्वेता र भाइचुङ बने ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८’ को बिजेता

काठमाडौँ : ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८’ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन् l महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८’ दोश्रो सिजन सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो l एघार जना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छिन् भने फर्स्ट रनरअप अलिना ब्लोन र सेकेण्ड रनरअप रितु श्रेष्ठ भएका छन् l यसैगरी मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन् l पुरुषतर्फ आठ जना प्रतिस्पर्धीलाई उछिन्दै भाइचुङ राई बिजेता बनेका छन् भने फर्स्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सन्दिप बम भएका छन् l

प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा मोटिभेसन सम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्मा विश्वाशलाई अझ मजबुत बनाई आत्मबललाई उजागर गराउने कार्य गरिएको कुरा निर्देशक सुजन रिमालले बताए l

‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१’८ को अन्तिम प्रतिस्पर्धा गोपाल सुन्दर लाल कक्षपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने डा. सुशिला मल्ल, संचारकर्मी गीता अधिकारी, निर्देशक राजु केसी र किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l

दिवस भट्टराईको कोरियोग्राफ्री रहेको “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिल आयोजना गरेको थियो l कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए l विजेताहरुलाई अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता आयोजना गरिएको कुरा मोडल सङस नेपाल प्रालिका अध्यक्ष डेभिल सिंह राजपुतले बताएका छन् l