ज्योतिलाई आर्थिक सहयोग

ब्लड क्यान्सरको उपचार गराईरहेकी धनकुटा जिल्ला, पाख्रिबास गाबिस, फांगदुबा निवासी २४ बर्षीय ज्योति थापा मगरलाई ६० हजार ३ सय ५७ रुपैया आर्थिक सहयोग प्रदान गरिएको कुरा नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगरले जानकारी गराएका छन् l प्राप्त जानकारी अनुसार सामाजिक सञ्जाल अन्तर्गतको मगर लाफा ग्रुपकी एडमिन सीता खुलालको पहलमा सङ्कलित रु. ५६ हजार ३ सय ५७ रुपैयामा सूर्य बहादुर मगरबाट थप भएको ४ हजार सहित कूल ६० हजार ३ सय ५७ रुपैया अस्पतालमै गएर हस्तान्तरण गरिएको हो l ग्रुपकी एडमिन सीताको अनुरोधमा ज्योति मगरको उपचारका लागि मकाउ, अष्ट्रेलिया, मलेशिया, कतार, साइप्रस र नेपालका गरी २३ जना दाताहरुले आर्थिक सहयोग गरेको बुझिएको छ l