दोस्रो फान अवार्ड सम्पन्न

चलचित्र कलाकारहरुको छाता संगठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ ले गत चैत १६ गते भव्यताकासाथ ‘दोस्रो फान अवार्ड-२०७३’ सम्पन्न गरेको छ l समारोह प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा आर्मी अफिसर्स क्लवको सभा हलमा सम्पन्न भएको थियो l चलचित्रका प्रमुख २४ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई  सर्वोत्कृष्ठताका आधारमा अवार्ड प्रदान गरिएको सो समारोहमा विशिष्ठ चलचित्रकर्मी नीर शाहलाई ‘दीर्घ साधना सम्मान’ द्वारा सम्मान गरिएको थियो भने ‘बर्षका लोकप्रिय नायक’ र ‘नायिका’ को सम्मान क्रमशः प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरेका थिए l यसैगरी चलचित्र पत्रकार ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई पनि सो समारोहमा ‘चलचित्र पत्रकारिता विशेष सम्मान-२०७४’ बाट सम्मान गरियो l सम्मानित दुबै पत्रकार विगत २७ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका छन् l पत्रकार सुवेदी नयाँ पत्रिकामा आवद्ध छन् भने लम्साल राजधानी दैनिकमा l समारोहमा प्रधानमन्त्री ओलीले शुटिंगका लागि नेपाल जस्तो सुन्दर देश संसारमै नभएको बताउँदै कथाको माग मात्र हैन, समयको माग अनुसारका चलचित्र पनि बन्नुपर्ने धारणा राखेका थिए l समारोहमा कलाकारहरु करिष्मा मानन्धर, महेश शाक्य, क्षितिजा शाक्य, केदार घिमिरे, जितु नेपाल, दिपाश्री निरौला र विल्शनबिक्रम राईले आ-आफ्ना प्रस्तुति दिएर माहोललाई मनोरन्जक बनाएका थिए l
अवार्डका विधा र विजेताहरु:

विधा    विजेता
कथा    प्रदिप भट्टराई
पटकथा          दीपकराज गिरी

सम्वाद            दीपकराज, केदार र जितु
द्वन्द्व निर्देशन   एन. बी. महर्जन
सम्पादन         मित्र डी. गुरुङ
छायांकन        रविन आचार्य
गीतकार          डा. कृष्णहरि बराल
गायक कालीप्रसाद बास्कोटा
गायिका           मिना निरौला
सङ्गीतकार     राजनराज शिवाकोटी
नृत्य निर्देशक  कविराज गहतराज
सह-अभिनेता जितु नेपाल
सह-अभिनेत्री वर्षा राउत
खलपात्र          दीपकराज गिरी
हास्य कलाकार          केदार घिमिरे
चरित्र अभिनेता           सन्तोष पन्त
चरित्र अभिनेत्री           गौरी मल्ल
नवनायिका     सृष्टि श्रेष्ठ
नवनायक        आर्यन अधिकारी
नवनिर्देशक    दिपाश्री निरौला
अभिनेत्री         सिर्जना सुब्बा
अभिनेता         विपिन कार्की
निर्देशक          हेमराज बि. सी.
चलचित्र           छक्का पन्जा