जलजला बचाउँ अभियानमा सङ्गीतकर्मी

उदियमान गायिका जलजला परियारको दुबै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सङ्गीतकर्मीहरु आर्थिक सङ्कलनमा जुटेका छन् l यो समाचार लेखिरहँदा महाराजगन्जस्थित तिचिंग अस्पतालमा उनको उपचार भईरहेको छ l डाक्टरले चाडै मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन् l कतिपय व्यक्ति र संस्थाले हस्पिटलमै गएर जलजलाका बाबु नारायण बहादुर दर्जीलाई नगद वा चेक हस्तान्तरण गरिरहेका छन् भने कतिपयले सहयोगका लागि आह्वान गर्दै फेसबुकबाट सम्पर्क नम्बर सार्वजनिक गरेका छन् l सबैको उद्देश्य पवित्र भएपनि आफूखुशी रकम सङ्कलन भईरहेकोले कस कसबाट के कति रकम सङ्कलन भयो, जलजलाको परिवारले हालसम्म के कति रकम प्राप्त गर्यो र उपचारका लागि अब कति रकमको आवश्यकता छ भन्ने कुरा भने थाहा हुन सकेको छैन l
‘नेपाली तारा सिजन-३’ की छैटौं विजेता जलजलाले चलचित्र ‘बाटोमुनीको फूल’ लगायत फुटकर रुपमा अन्य गीतहरु पनि गाएकी छिन् l