वेलायतमा नागरिक सम्मान

राष्ट्रिय बक्स अफिस फिल्मी क्लब नेपालका अध्यक्ष आर. के. सुवेदीले गत पुस ११ गते वेलायतमा ‘विश्व परिक्रमा विशिष्ठ नागरिक सम्मान’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन् l सुवेदीका अनुसार समारोह बेलायतको नर्थ वर्ल्डस्थित ‘द क्रिष्टल स्विट्स सी एण्ड एल कन्ट्री क्लब’ मा सम्पन्न भएको थियो भने दुई दशकभन्दा लामो समय वेलायतमा बसेर निस्वार्थ रुपमा नेपाल र नेपालीको सेवामा समर्पित रहेका ३ दर्जन बढी विशिष्ठ नागरिक, कलाकार र संचारकर्मीहरुलाई सम्मान गरिएको थियो l कार्यक्रमका प्रमुख अतिथि वेलायत एनआरएनएका अध्यक्ष योग कुमारी फगामी र विशिष्ठ अतिथि काउन्सिलर करम मोहनले सबैलाई संयुक्त रुपमा सम्मानपत्र र ट्रफी अर्पण गरेका थिए l सुरेन्द्र श्रेष्ठको संयोजनमा आयोजना भएको सो कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो l कार्यक्रम ५ घन्टासम्म चलेको थियो l हरेकबर्ष सातवटा अन्तर्राष्ट्रिय मुलुक र नेपालका तीनवटा जिलामा यस प्रकारको कार्यक्रम गरी २० बर्षभित्र पृथ्वी परिक्रमा सम्पन्न गर्ने लक्ष्य रहेको कुरा आर. के. सुवेदीले बताएका छन् l