गीत-सङ्गीतलाई नै प्रमुख माध्यम बनाएर रात्रीकालिन समयमा संचालन गरिंदै आएको दोहोरी रेष्टुरेन्टहरुले पनि रोयल्टी सङ्कलन संस्थाहरुलाई रोयल्टी दिन थालेका छन् l हाललाई दोहोरी रेष्टुरेन्टको लागि मासिक रु. २ हजार मात्र रोयल्टी निर्धारण गरिए बमोजिम दरबार दोहोरीले २ महिनाको ४ हजार रुपैया र निरमाया दोहोरीले अग्रिम २ महिनाको सहित रु. ८ हजार रुपैया रोयल्टी बुझाएका छन् l निरमाया दोहोरी वर्तमान लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष वद्रि पंगेनीको हो l उनले तिनवटै रोयल्टी सङ्कलन संस्थाका पदाधिकारीहरुलाई दोहोरीमै बोलाएर रोयल्टी हस्तान्तरण गरेका थिए l यसले बजारमा सकारात्मक सन्देश जाने र अन्य दोहोरीहरुबाट पनि छिटै रोयल्टी उठ्ने विश्वाश गर्न सकिन्छ l काठमाडौँ उपत्यकामा मात्र लगभग ८० दोहोरी रेष्टुरेन्ट संचालनमा रहेका छन् भने धेरैजसो दोहोरी संचालकहरु रोयल्टी तिर्न आनाकानी गर्दै आईरहेका छन् l
दोहोरीले रोयल्टी दिन थाले
July 21, 2018
July 21, 2018
सम्बन्धित खबरहरु
राज टाइगर र जानु कार्की अभिनित म्युजिक भिडिओ ‘एउटै चाहना’ सार्वजनिक
November 20, 2024
लामो समय पछि रोमान्टिक भावमा गायक शिशिर योगी
November 18, 2024
एक अर्काप्रतिको प्रेम र समर्पण भावमा ‘जे जे माग्छौ माग’
November 16, 2024
गीतकार भीम धितालको म्युजिक भिडिओ ‘तिमी त साँच्चै BEAUTIFUL’ सार्वजनिक
November 13, 2024
प्रेममा उतारचढाव भइरहन्छ, ‘यस्तै हो मायामा’
November 9, 2024
‘हामी नसुतौं उठौं’ जागरण गान आजदेखि सुन्न सकिने
October 26, 2024
एआई, सङ्गीत र सर्जकहरुको भविष्य
October 10, 2024
यथार्थपरक कथामा दीपेन्द्र अधिकारीको दसैं-तिहार गीत
October 10, 2024
यात्रामा भेटिएकी युवतीको प्रेममा गायक कन्हैया सिंह परियार
October 4, 2024
आफ्नै सङ्गीत गुरुसँग युगल गायनमा आइस्मा
September 22, 2024