हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान

-तुलसी गिरी ‘भावुक’


विशिष्ट चलचित्रकर्मीद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ल जनही नगद रू. २५ हजार र लिखतपत्रपत्र सहित हरितारा चलचित्र पुरस्कार बाट पुरस्कृत भएका छन् l हरेकबर्ष हुँदै आईरहेको यो कार्यक्रम विविध कारणले गतबर्ष आयोजना हुन नसकेपछि यो बर्ष २०७६ र २०७७ दुई बर्षको कार्यक्रम एकैपटक सम्पन्न गरिएको हो l जस अनुसार २०७६ सालको हरितारा चलचित्र पुरस्कार बाट मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई पुरस्कृत गरियो भने २०७७ सालको पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गरिएको छ l  

यस पुरस्कारबाट २०५२ सालमा मह जोडी एवं स्व. शान्ति मास्के, २०५३ सालमा भुवन चन्द एवं गोपाल भुटानी, २०५४ सालमा जयनेन्द्र चन्द एवं रविन्द्र खड्का, २०५५ सालमा विश्व बस्नेत एवं मिनाक्षी आनन्द, २०५८ सालमा सुशिला रायमाझी एवं श्रीकृष्ण श्रेष्ठ, २०५९ सालमा सुभद्रा अधिकारी एवं शर्मिला मल्ल, २०६० सालमा सकुन्तला शर्मा, २०६३ सालमा शिव श्रेष्ठ एवं गोपालराज मैनाली, २०६५ सालमा बसुन्धरा भूषाल एवं हरिहर शर्मा, २०६६ सालमा रमेश बुढाथोकी, दिपकराज गिरी एवं दिपाश्री निरौला, २०६९ सालमा सुनिल थापा र दिनेश डिसी, २०७२ सालमा . करिष्मा मानन्धर, २०७३ सालमा शान्तिप्रिय तथा डिजाइनर सुन्दर श्रेष्ठ, २०७४ सालमा लय संग्रौला एवं २०७५ को हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई अर्पण गरिएको थियो । नीजि क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।

यसैगरी समारोहमा नगद रु. १० हजार र लिखतपत्र सहित २०७६ र २०७७ सालको श्री दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कारबाट सञ्चारकर्मी राजेश खनाल र वरिष्ट अभिनेत्री सपना श्रेष्ठ पुरस्कृत भएका छन् । यो पुरस्कार २०७३ बाट स्थापना गरिएको हो । २०७३ सालमा पुराना रंगकर्मी, टेलिचलचित्र तथा चलचित्रका निर्देशक कलाकार शुभाष गजुरेललाई यो पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष आयोजित समारोहमा २०७४ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार कलाकार उत्तम केसी तथा २०७५ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी बिजयरत्न तुलाधरलाई अर्पण गरिएको थियो । २०७६ र २०७७ सालको यो पुरस्कार संचारकर्मी राजेश खनाल र वरिष्ट अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गरिएको छ ।

समारोहमा लेखक, निर्देशक तथा कलाकार माधव राज खरेल, लेखक, निर्देशक तथा कलाकार विश्वदीप घिमिरे, संचारकर्मी तथा नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला सचिव मोहन पन्तलाई २०७७ सालको परिवर्तन विशेष सम्मान अर्पण गरियो । यस सम्मानबाट विगतमा चेतन कार्की, स्व. शान्ति मास्के, आनन्द थापा, शंकर विसी, सपना श्रेष्ठ, गोविन्द सिंह रावत, कुमार बस्नेत, भुवन चन्द, डा. भगवान कोइराला, डा. तारानाथ शर्मा, लय संग्रौला, रमेश बुढाथोकी, रामनारायण श्रेष्ठ, मनोज केसी, विजयरत्न तुलाधर, विपना थापा, काली सेढांई, निशा शाह, छविराज ओझा, शान्तिप्रिय, जेनी कुँवर, विनोद श्रेष्ठ, सबिन बास्तोला,  श्यामकाजी महर्जन र सन्तोष श्रेष्ठ जस्ता व्यक्तिहरु सम्मानित भइसकेका छन् । कार्यक्रम बागबजारस्थित हार्दिक होटलको सभाकक्षमा सम्पन्न भएको थियो ।

यसैगरी नेपाल ईन्जिनियरींग परिषदका अध्यक्ष डिल्ली रमण निरौला,चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल,कलाकार संघका अध्यक्ष रविन्द्र खडका , गीतकार तथा संचारकर्मी शान्तीप्रिय,निर्देशक लय संग्रौला ले कार्यक्रमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तथा पुरस्कारको बिषयमा परिवर्तन नेपालका अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिब मोहन निरौलाले प्रकाश पारेका थिए ।

SUBSCRIBE 👉